समिक्षा : फस्टलभ
विष्णु शर्मा,
कलाकार : आर्यन सिग्देल (आयुष), निशा अधिकारी (आभा), विनय श्रेष्ठ (रोहण), कर्म शाक्य (गौरव), ऋचा शर्मा (नीतु)
निर्देशन : सिमोस सुनुवार
कम्पनी : पि्रन्स मूभिज
निर्माण : माधव वाग्ले, नरेन्द्र महर्जन
संगीत : सत्य-स्वरुप आचार्य, सुरेन्द्रमान महर्जन
नृत्य : शंकर बिसी
छायांकन : हरि हुमागाईं
द्धन्द्ध : राजकुमार उप्रेती
अवधि : २ घण्टा १९ मिनेट
सेन्सर सर्टिफिकेट : नेपाल
रेटिङ :
प्राविधिक पक्षमा जोड दिँदा निर्देशकिय पक्ष फितलो भएको 'मिसन पैसा'को अमिलो अनुभवबाट निर्देशक सिमोसले पाठ सिकेको हुनुपर्छ । आफ्नो दोस्रो चलचित्र 'फस्टलभ'मा उनले सच्चाइको पाठ अनुकरण गरेका छन् । अर्थात प्राविधिक पक्षलाई गौण तुल्याइएको छ 'फस्टलभ'मा । निर्देशकले पर्याप्त निर्देशकिय मिहेनत पस्किएका छन् यसमा । सिमोसका लागि 'फस्टलभ' उनी निर्देशकभन्दा प्राविधिक बढ्ता हुन् भन्ने आलोचकहरुका लागि जवाफ हुनसक्छ ।
पब्लिसिटीको क्रममा दर्शकले ठूलो आशा गरेका थिए फिल्मबाट । सिमोस स्वयम पनि 'फस्टलभ' आफ्नो दोस्रो परिक्षा बताउँछन् । खासगरी परम्परागत लयमा बगिरहेको नेपाली सिनेमाका लागि 'फस्टलभ' आधुनिकताको पटाक्षेप हो । नेपाली फिल्मको कथित मूलधारको सिस्टमलाई साबुन-पानी लगाएर पखाल्ने प्रयत्न गरेका छन् उनले । आफूप्रतिको आमदृष्टिकोणलाई परिवर्तन गर्न पनि फिल्मलाई भिन्न फ्लेवर दिनुपर्ने दवाव सिमोस माथि थियो । त्यो दवाव र दर्शकको अपेक्षाको चेपुवामा उनले एकाध कमजोरीका बाबजुद श्रेष्ठतम सिनेमा पस्किएका छन् । ब्यापारको अंकगणित त एकातिर हुनसक्ला तर निर्देशकिय विशेषतालाई अवतरण गराउन सफल छन् उनी ।
खासगरी सहिरया युवापुस्ता जसको कलेज जीवनमा आधारित रहेर 'फस्टलभ' बनेको छ यसको कथा नौलो नरहेपनि कुशल सिनेम्याट्रोग्राफी र मििक्सङ कुशलताले कथाको पक्षलाई ढाकिदिएको छ । कथा ढिलै सहि यद्यपी त्यसले मल्टिस्टारर फिल्मको गतिलाई आत्मसात गर्न सकेको छ । चलचित्रलाई 'मास-फिल्म' बताइएपनि यथार्थमा त्यस्तो हुन गाह्रो पर्ने देखिन्छ । किनभने सहिरया कलेजको परिवेश, कथानक, संवाद, पात्र र आन्चलिकतालाई फिल्ममा बुनिएको छ जसले ग्रँमिण दर्शक त्यसमा पनि ग्रामिण युवावर्गलाई हलसम्म तान्न फस्टलभले मिहेनत गर्नुपर्ने हुन्छ । सहरको प्लस टु पुस्ता जो ड्रग्स, डान्स र डिस्को कल्चरमा अभ्यस्त छ ती दर्शक फिल्मका खासवर्ग हुन् ।
कथा : कलेज जीवनको प्रेमकथामा आधारित फिल्म हो यो । एउटा कथा त्रिकोणात्मक प्रेममा आधारित छ भने अर्को रहस्यमय प्रेमकथा पनि समावेश छ । कथाअनुसार आयुष चन्चले मन भएको युवक हो । उसको अवधारणामा प्रेम एकपटक मात्र हुँदैन धेरै पटक हुन्छ र ऊ प्रेमलाई खेलका रुपमा वर्णन गर्छ । आभा आफ्नो जीवनको पहिलो प्रेमलाई सफल बनाउने प्रयासमा हुन्छिन् । उनका अनुसार प्रेम पटक-पटक नहुनसक्छ । उनी चन्चले आयुषलाई मनपराउँछिन् ।
अर्कोतर्फ गौरव जीवनमै पहिलो प्रेम गाँस्न तत्पर छ । ऊ आभालाई मनपराउँछ । यद्यपि आभाले आयुषलाई मनपराउने कुरा उसलाई थाहा छ । त्यसैले मनपरेकी मायालुसमक्ष प्रस्ताव राख्न सक्दैन । उनीहरुकै साथी रोहण एकोहोरो स्वभाव भएको भएपनि कमलो मनभएको युवक हो । उसले रहस्यमय स्वभाव भएकी युवती नीतुलाई मन पराउँछ ।
प्रेममा समर्पण र विश्वास आवश्यक छ भन्ने सन्देश फिल्मको मुख्य सार हो । मानव जातिमै पहिलो प्रेम अविष्मरणीय र महत्वपूर्ण हुन्छ भन्ने सन्देश देखाउन खोजिएको छ । असुरक्षित सेक्स र त्यसबाट सिर्जीत अनिच्छित गर्भधारण एचआइभी एड्सको संक्रमण सहरिया युवापुस्तामा देखिने निराशालाई चित्रित गरिएको छ चलचित्रमा ।
निर्देशन : मध्यान्तरअघि कथा अघि बढ्न सक्दैन । अर्थात हाफटाइमअघि कथा फि्रज छ । फिल्म जे छ हाफटाइमपछि मात्र छ । सिमोसले पूर्वाद्धको महत्वपूर्ण समयलाई ुक्याचु गर्न सक्नुपथ्र्यो । अधिकांश दृश्यमा निर्देशकले हलिउड फ्लेवर दिन खोजेका छन् । कथाअनुसार अघि बढेको पाश्र्वध्वनी यसको प्रमाण हो । संवादलाई पात्रअनुकूल निरन्तरता दिन सकिएको छैन । आधुनिक युवापुस्ता र दर्शकले मनपार्ने छोटा डायलग र फास्ट पेसमा फिल्म पस्कन सकेको भए अझ राम्रो हुन्थ्यो । सबैभन्दा त कथा अलि गोलमटोल भएको र दुईतीनतिर बाँडिएकाले पनि दर्शकको मनोभावना पनि घरि खुशि र घरि दुःखी हुने छ । यसको सोझै असर निर्देशनमा परेको छ । तर पनि तुलनात्मक नेपाली फिल्ममा 'फस्टलभ'को निर्देशन राम्रो छ ।
संगीत : ब्याकग्राउन्ड म्युजिकमा एकठाउँमा भुलवश गल्ती छ । संवाद र गीत बज्दाबज्दै अचानक एउटा नेपाली सुगम संगीतको गीत बजाइएको छ । यसको निहितार्थ त संगीतकार र सम्पादक नै जानून् तर त्यो सान्दर्भिक लाग्दैन । एउटा कोरियोग्राफी विवादलाई छाडिदिने हो भने फस्टलभका सबै गीत निकै कर्णपि्रय छन् । फिल्म रिलिज हुनु डेढमहिनाअघि नै गीत हिट भैसकेका थिए । सत्य-स्वरुप र सुरेन्द्रमानले कर्णपि्रय गीत पस्किएका छन् ।
किन हेर्नुपर्छ ? खासगरी किशोर र युवापुस्ताले यो फिल्म मिस गर्नुहुँदैन । आफ्नो पहिलो प्रेमलाई यादगार तुल्याइराख्न चाहनुहुन्छ भने सबै उमेरका दर्शकले फिल्म हेर्दा हुन्छ । शैक्षिक, जागरणमूलक सन्देश ग्रहणका लागि पनि तन्नेरीपुस्ताले फिल्म हेर्नुपर्छ । आफ्ना छोराछोरीप्रति अभिभावकको दायित्व देखाइएकाले पाका उमेरका लागि पनि फिल्म उत्तम छ ।
No comments:
Post a Comment