Friday, August 6, 2010

हीरारत्नले घटायो शुल्क

मेरो सिनेमा २१ साउन २०६७,
ticketin_400राजधानीको कालोपुलस्थित हीरारत्न सिनेमा घरले आफ्नो टिकट शुल्क घटाएको छ । खासगरि न्यून आय भएका दर्शकहरुको मागलाई ध्यानमा राखि हलले टिकटको मूल्यमा भारी कटौत गरेको हो ।

हलका दीपक पाठकका अनुसार नेपाली र हिन्दी सिनेमाको सोका लागि छुट्टाछुट्टै मूल्य कायम गरिएको छ । 'लामो समयदेखि दर्शकहरुले टिकटको मूल्य घटाउन आग्रह गर्दै आउनुभएको थियो' पाठकले भने ।

कायम गरिएको नयाँ टिकट दरअनुसार बिहानको सोका लागि बाल्कोनीमा ३५ रुपैंया र स्पेसलका लागि २५ रुपैंया तोकिएको छ । यसमा भ्याट पनि समावेश छ । यसअघि नेपालीका लागि बाल्कोनीको एकसय र स्पेसलको ६० थियो ।

अब घटेर हिन्दी सोका लागि बाल्कोनीमा एकसय र स्पेसलको ६० रुपैंया छ । पहिले बाल्कोनीको डेढसय र स्पेसलको ८० रुपैंया छ । हीरारत्नले टिकटको मूल्यमा भारी कटौती गरेपछि अन्य हलहरुलाई पनि दवाव पुग्ने आशा गरिएको छ ।

न्यून क्रयशक्तिका दर्शकलाई हिन्दी र नेपाली चलचित्र प्रदर्शन गराउन हीरारत्न लोकपि्रय छ ।

No comments:

Post a Comment