आज बिभिन्न शिबिरका गरेर ३७ जना शरणार्थीहरुलाई काठमाण्डौ लगिएको यूएनएचसिआरले जनाएको छ ।
नेपालका पूर्वी जिल्लाहरु झापा र मोरङका विभिन्न शिविरहरुमा रहेका भुटानी शरणार्थीहरुलाई तेश्रो देश पुनर्वास गराइरहेका सात वटा देशहरुवाहेक वेलायतले पनि भुटानी शरणार्थीहरुलाई आफ्नो देशमा पुनर्वास गराउने इच्छा देखाएको ६ महिना पनि नवित्दै आज पहिलो पटक पुनर्स्थापनाका लागि लगिएको हो ।
काठमाण्डौ लगिएका शरणार्थीलाई यहि अगस्ट ९ तारिकका दिन बेलायतका लागि उडाइने यूएनएचसिआरले जानकारी दिएको छ । शरणार्थीको तेस्रो देश पुनस्थापना कार्यक्रम अन्तरगत २००८ को मार्च ४ तारिकमा पहिलोपटक अमेरिकामा शरणार्थीहरु पुनस्थापनाका लागि शिबिरबाट लगिएको थियो । यूएनएचसिआरले दिएको जानकारी अनुसार केही दिन अघिसम्म ३३ हजार ८ सय जना शरणार्थीहरु पुनर्बासमा गइसकेको छन् ।
बेलायतले शुरुमा जम्मा एक सय पचास जना शरणार्थी पुनर्बासमा लैजाने इच्छा गरेको भए पनि हाल ९०० जना शरणार्थी लैजाने बताइएको छ ।

२
भूटानी शरणार्थी सुरक्षामा खटिएका सशस्त्र प्रहरीको सहभागितामा मानब अधिकार र पूनर्वास सम्बन्धी एक दिने प्रशिक्षण तालिम विहीवार बेलडाँगी २ को सशस्त्र प्रहरी वेसमा सम्पन्न भएको छ ।
यूएएचसीआरको आयोजनामा गरिएको सो तालिममा बेलडाँगी १, २ र ३ का २३ सशस्त्र प्रहरीको सहभागिता रहेको बेश प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज क्षेत्रीले बताएका छन् । तालिमलाई यूएनएचसीआरका सुरक्षा विभाग प्रतिनिधिहरु महेन्द्र लोहनी, जुइली वार्ड र पुर्नवास सम्बन्धी मेधव वेलबासेले सहजीकरण गरेका थिए । तालिममा मानव अधिकार र सशस्त्र प्रहरीको भूमिकाको विषयमा प्रशिक्षण दिइएको बताईएको छ ।

हतियार राखेको आशंकामा विहीवार ३ शरणार्थी युवालाई सशस्त्र प्रहरी बेस बेलडाँगीले पक्राउ गरेको छ ।
बुधबार साँझ शिविर व्यवस्थापन समिति र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले सर्च गर्दा बेलडाँगी ३ को एक छाप्रामा पेस्तोलको खाली खोल फेला परेपछि सो छाप्राका र आसपासका अन्य २ युवालाई पक्राउ गरि अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी निरिक्षक सुरज क्षेत्रीले बताउनु भयो ।
पक्राउ परेका युवाहरुको नाम भने प्रहरीले खुलाउन चाहेका छैनन् ।
यसअघि अघिल्लो शुक्रवार बेलडाँगी १ सेक्टर जी/३ छाप्रा नं. ३३५ का २० बर्षीय सहबिर सुव्वालाई ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको थियो । सुव्वाको धरानको वि.पी. मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि २ दिनअघि घर आएको सशस्त्र प्रहरी बेस बेलडाँगी १ले जानकारी दिएको छ । बेसका अनुसार सुव्वाको शरीरबाट गोली भने अझै ननिकालिएको बताइएको छ ।

No comments:
Post a Comment